पर्यटन

आइसियू र भेन्टिलेटर उच्चचाप, लक्षण सहितका संक्रमित बढे



काठमाडौं ३ मंसिर  देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन । मन्त्रालयको तथ्यांक अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन ।

    आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियू र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४३ जना आइसियू र ७ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १६ आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।  त्यस्तै सुदुरपश्चिममा ५ आइसियूमा र १ जना भेन्टिलेटरमा , गण्डकी प्रदेशमा ७८ आइसियू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियू उपचाररत रहेका छन । यता देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ ।

    संक्रमितमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । यो तथ्यांक अनुसार ९१ प्रतिशतभन्दा बढी कोरोनाका सक्रिय संक्रमित घरमा नै रहेको देखिएको हो । तर होम आइसोलेसनमा बसेकाहरूको उपचार तथा हेरचाहमा भने सरकारले चासो देखाएको पाइएको छैन । 

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन ।  त्यस्तै प्रदेश १ मा ३ हजार ४ सय २, प्रदेश २ मा ६८४, लुम्बिनी प्रदेशमा २२०३, सुदूरपश्चिम प्रदेशमा १००५, गण्डकी प्रदेशमा १९६५ र कर्णाली प्रदेशमा २१३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित : ३ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६