ब्रेकिंग न्युज

सचिवालयका नेताहरु कम्युनिष्ट आन्दोलनका अन्तिम मलामी : महासचिव पौडेल



काठमाडौं ४ मंसिर ।  बालुवाटारमा बुधवार सम्पन्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले हामी सचिवालयका ९ जना नेता कम्युष्टि आन्दोलनका अन्तिम मलामी बन्दैछौं त्यसैले छिटो सबैले राजीनामा दिएरीविका आन्दोलन बचाऔं भनेपछि बैठकमा एकाएक सन्नाटा छाएको विवरण पुष्टि भएकोछ । उहाले हाम्रो लडाई जनजिविका सुधार्न , देश वनाउन , सर्बहारको मुक्ति गर्न वा समाजवाद स्थापना गर्न होइन कुर्सी पाउन, अवसर लिन , धन कमाउन , प्रतिष्ठा बढाउन केन्द्रित रहयो भन्दै यहि भूमिकाले अव कम्युष्टि शब्द नै  बदनाम हुन थालेको तर्क गर्नु भयो ।

    यस्तो हुन नदिन हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं र स्थायी समितिमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ यसरी अगाडी बढे पार्टि मात्र होईन मुलक नै असफलता तिर जान्छ पौडेलले भन्नु भएको थियो । करीव २ घण्टा बसेको सचिवालय बैठक आगामी १३ गते सम्मका लागि स्थगित भएको छ ।

    प्रधानमन्त्री तथा पार्टि अध्यक्ष ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दहाल बिच असन्तुष्टि बढदै गएपछि प्रधानमन्त्री ओलीले समेत पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आउनु भएको छ । नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणकालागि ओली पक्षधर सबै नेता तयार भएपनि प्रचण्ड नेपाल समुहको भने इच्छा प्रकट नभएको बताइएको छ । 

प्रकाशित : ४ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६