प्रदेश

सबै बिद्यालयलाई निशुल्क सामाग्री,कपिलवस्तुको उत्तरीभेग अबको शैक्षिक हब :सांसद पन्थी



कपिलबस्तु ६ मंसिर   बिधलयमा माक्स नलगाई आएका विद्यार्थीलाई मास्क उपलब्ध गराउन र अनिवार्य रुपमा सावुन पानीले हाते धुने ब्यवस्था गर्न कपिलवस्तुको बाणगंगा ,शुद्धोधन र कपिलवस्तु नगरपालिकाका सामुदायिक विद्यायलहरुलाई मास्क र सावुन वितरण गरिएको छ । साइन रेसुङा बैकको २ लाख ५० हजार लगानीमा सबै विद्यालयलाई विद्यार्थीका अनुपातमा मास्क र सावुन वितरण गरिएको हो ।


     लुम्विनी प्रदेश सांसद बिष्णु पन्थीको संयोजन र नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुको आयोजनमा भएको वितरण कार्यक्रमलाई संवोधन गर्दै लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले बिकासको मुल मेरुद्धण्द्ध शिक्षा नै  भएको बताउनु भएको छ । उहाले जब सम्म शैक्षिक क्षेत्रमा बिकास हुन सक्दैन तव सम्म देश बिकास हुन नसक्ने दाबी गर्नु भयो । कपिलवस्तुले शैक्षिक स्तर थप सुदृढ गरेर अन्य जिल्लाका बिद्यार्थी पढ्न आउने गरी कपिलबस्तुलाई शैक्षिक हब बनाउनुपर्नेमा जोड दिनुभयो  ।


    यस्तै कार्यक्रममा बोल्दै नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नेपाल राष्ट्रिय शिक्षक संगठन आफैमा सबैको साझा सस्थाको रुपमा कृयासिल भएको वताउदै यो संगठनले यसबीचमा साह्रै सह्रानिय कार्य गरेको औल्याउनु भयो ।  बाणगंगा नगरपलिका उपमेयर चक्रपाणी अर्यालले विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यालयहरुमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । पठनपाठनमा विद्यार्थीको मनोवल बढाउनको निम्ती विद्यार्थीहरुलाई माक्स र हात धु्ने साबुन वितरण गरिएको उहाको भनाई छ ।


    नेपाल राष्ट्रिय शिक्षक सगंठन जिल्ला समितिका अध्यक्ष रमेश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सगंठनका  केन्द्रिय कोषाध्यक्ष बिष्णु भण्डारी ,लुम्बिनी प्रदेश महासघंका उपमहासचिब लिला खनाल ,नेकपा बाणगंगाका अध्यक्ष शंकर पाण्डे ,आधिकारीक ट्रेड युनियनक अध्यक्ष खिमवहादुर जिसी लगायतले बोल्दै सगंठनले गरेको कामको प्रशंसा र संयोजनकालागि सांसद पन्थीलाई धन्यबाद व्यक्त गर्नु भएको थियो ।

प्रकाशित : ६ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६