प्रदेश

३ मोटर साइकल दुर्घटनामा ४ को मृत्यु



रुपन्देही ८ मंसिर । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो । लु २४ प ७५०६ नम्बरको मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा आइतबार राति अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका दुवैजनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक रुमबहादुर केसीले बताउनुभएको छ ।

    यस्तै रुपन्देहीको देवदहमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । देबदह नगरपालिका–गणेशनगर स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको लु ४७ प ३२०२ नम्बरको मोटरसाइकल र पुर्ब बाट पश्चिम आउँदै गरेको लु ६५ प ५८६२ नम्बरको मोटरसाईकल सोमबार दिउँसो एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी लु ६५ प ८५६२ नम्बरको मोटरसाइकलका चालक पर्बत घर भई नवलपरासी प्रतापपुर–१ का ५८ वर्षका कमान सिह थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

    यता पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–७ डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर सोमबार अचानक अनियन्त्रित भई दुर्घटना हुंँदा स्कुटर चालक अन्दाजी २२ वर्षीय जीवन रानाको घटनास्थलमा नै मृत्यु भएको हो । 

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६