कपिलवस्तु १० मंसिर ।वाणगंगा नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले नगरका कोही पनि महिलालाई हिंसा हुन नदिने गरि विभिन्न कार्यक्रमहरु गरिने बताउनु भयो । नगरभित्रका सबै महिलाहरुको अवस्था पहिचान गरि विभिन्न सिपमुलक कार्यक्रम गर्दे आएको समेत उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै नगरका उपमेयर चक्रपाणी अर्यालले महिलाहरुलाई सक्षम बनाउने कार्यमा नगरपालिका लागि परेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरका महिलाहरुलाई आर्थिक रुपले शसक्त पार्दै विभिन्न आयमुलक कार्यक्रममा सहभागी गराइने बताउनु भयो । शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्राईले लैंगिक हिंसा अन्त्यका लागि नगरले ११ वटै वडामा विभिन्न सन्देशमुलक कार्यक्रमहरु गरिने बताउनु भयो । वडा नं १ का अध्यक्ष वालकुमारी पन्त , वडा नं ५ का अध्यक्ष भिष्मराज भुषाल लगायतले लैंगिक हिंसा विरुद्धको अभियानमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन महिला तथा वालवालिका शाखा प्रमुख शुसिला पन्तले गर्नु भएको थियो ।
नगरपालिका बाट र्याली सहितको टोली ४ नं चोकमा आई लैंगिक हिंसा विरुद्धको सन्देश मुलक ब्यानर टागीएको थियो । यस वर्षको नारा “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति , समाज र सबैको ऐक्यवद्धता ” भन्ने नाराकासाथ १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान भइरहेको छ ।








प्रतिक्रिया