जीवनशैली

जीतपुर-तौलिहवा सडकलाई राष्ट्रियवाट प्रदेश झार्ने दवाव अभियान शुरु



कपिलवस्तु १३ मंसिर ।जितपुर —तौलिहवा सडकखण्डको दुबैतर्फ २५/२५ मिटर कायम गर्ने राजपत्रमा प्रकाशित सुचनालाई लिएर कपिलवस्तुको बाणगंगमा विशेष छलफल भएको छ ।  आयोजित सामाजिक सरोकारका बिषयक छलफलमा बोल्दै संघिय सांसद अत्तहर कमाल मुसलमानले सडक छेउछाउका स्थानियलाई परेको समस्यालाई गम्भिर रुपमा लिएको बताउदै सबैको साथ सहयोग रहेने बताउनु भएको छ ।

    उहाले यो छलफलले तौलिहवा खुनुवा सडकलाई प्रदेश मातहतमा राख्ने निकस सम्म पुराउने हो भने समस्या हट्ने बताउनुभयो  । राजपत्रमा प्रकाशित भएको सडक मापदण्ड संशोधन गर्न आवश्यक पहल जिसस र कपिलवस्तु एवम बाणगंगा नगरले गर्नुपर्ने संबिधान सभा सदस्य डोर प्रसाद उपाध्यायले बताउनु भयो  यस बिषयलाई कानुनी र राजनितिक हिसाबाले समाधान गर्ने बाटो तर्फ लाग्नुपर्ने उहाले प्रष्टयाउनु भयो । 

    यस्तै यता बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुले यहि १६ गते कार्यपालिकाको बैठक रहेको हुदा बैठकले पनि यस बिषयमा थप केही महत्वपूर्ण निर्णय गर्ने बताउनुभएको छ । उहाले जिससलाई यस बिषयका लागि सर्बदलिय बैठक आयोजना गर्न नगरपालिकाले अनुरोध गर्ने औल्याउनु भयो । 

    यस्तै छलफलमा यस बिषयको समाधानका लागि कानुनी उपचारको वाटो अख्यितार गर्ने समेत निर्णय भएको छ ।  यस  समस्यालाई समाधान गर्नका लागि सबै राजैनैतिक दलहरुले एकआपसमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन । नेकपाका शंकर पाण्डे र नेपाली कांग्रेका दुर्गासेनले यस्तो प्रतिवद्धता जनाउनु भयो । 

    सामाजिक सरोकारका बिषयमा छलफल कार्यक्रममा बोल्दै कार्यक्रम उपभोक्ता हित संरक्षण मञ्च ,नागरिक समाज ,राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र र मानब अधिकार एलायन्स कपिलवस्तुको आयोजनामा भएको थियो । कार्यक्रममा , उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे , नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई ,राष्ट्रिय मानव अधिकार सरोकार केन्दका अध्यक्ष द्रोर्णराज सुवेदी , वडा नं ११ का वडा अध्यक्ष सोमनाथ अर्याल लगाएतले बोल्दै निकास खोजी नगरे हजारौ ब्यक्ति घरवार विहिन हुने प्रष्टयाउनु भएको  थियो । जितपुर सडकखण्ड सडकलाई १५ बाट २५ मा लैजानु हुन्न भन्ने बिषयमा नगरबासीको माग रहेको छन ।

प्रकाशित : १३ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६