जीवनशैली

बेवारीसे यूवतीको शवको पहिचान हुन सकेन



कपिलवस्तु १७ मंसिर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेला परेकी एक बेवारीसे युवतीको शव २ दिन सम्म पनि पहिचान हुन सकेको छैन । । नगरपालिकाको वडा नं ४ शिर्शिहवा गाउँको बगैँचामा अन्दाजी २२/२५ वर्षिय युवतीको  शब मंगलवार साझ फेला परेको हो ।  रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ ।

    मंगलवार साँझ ६ बजेतिर शब भेटिएको र हालसम्म मृतकको पहिचान नखुलेको उहाँले बताउनुभयो । शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाईएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाईएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कृष्णनगरमा फेरी जघन्य घटना घटेको हो ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६