ब्रेकिंग न्युज

नेपाल भित्रिए १५० प्रजातीका चरा, जगदिशपुर प्रमुख गन्तब्य



कपिलवस्तु १९ मंसिर । विश्वका विभिन्न देशवाट जाडो छल्न नेपालमा १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चराको आगमन भएको छ ।चराहरुको प्रमुख गन्तब्य मध्ये कपिलवस्तुको जगदिशपुर ताल समेत रहेको छ । यहा चराहरुको ब्यापक आगमन भएको स्थानीय जनप्रतिनिधी शिव वाग्लेले वताउनु भयो । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गरेका छन् ।

    धेरैजसो चरा असोज कार्तिकमा नै आइसकेका र बाँकी रहेका चरा पनि अहिले लगभग आइसकेका चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो ।नेपाल आएका यी चराहरु ६ महिनासम्म बस्ने छन् । नेपालमा चीनबाट धेरै चरा आउने गरेको छ । यस्तै, पूर्वी युरोप, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट पनि चिसो छल्न चराहरु नेपाल आउने गरेका बरालले बताउनुभयो ।
    उहाँका अनुसार जाडो छल्न तथा आहारा खोज्न चराहरु ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेका छन् । कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहित वन, सिमसार क्षेत्र र खेतबारीमा यी चरा रमाउने गरेका छन् ।हिउँदे आगन्तुक चराका लागि नेपालमा बासस्थान र खानाको अभाव नहुने चराविद्ले बताएका छन् ।

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६