अन्तर्राष्ट्रिय

नेपाली अपहरण गर्ने डेबिड पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



काठमाडौं १९ मंसिर । मलेसियामा पक्राउ परेका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ परेका श्रेष्ठलाई थुनामा पठाउन अदालतले आदेश दिए हो । मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै डिल्लीबजार कारागार चलान गरिएको ब्युरोले जनाएको छ ।डेबिडले दाङको पहरुवा भन्ने स्थानका मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाएको उजुरी परेको ब्युरो प्रमुख डीआईजी सहकुल थापा बताउँछन् ।

उनका अनुसार रैदासकी श्रीमतीलाई फोन गरेर डेबिडले दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गराउन भनेका थिए । रकम जम्मा नगरे मारिदिने धम्कीसमेत दिएका थिए ।पटक पटक गरी उनले १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेपछि अपहरण मुक्त गरेको अनुसन्धानबाट खुलेको थापाको भनाइ छ । डेबिट नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले काठमाडौंको कान्ति बाल अस्पताल नजिकको सडकबाट पक्राउ गरेको थियो ।श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६