पर्यटन

आठ महिनादेखि बन्द मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला



रुपन्देही २२ मंसिर । आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि  खुल्ला गरिएको छ । कोरोना महामारीका कारण बन्द मन्दिर आठ महिना पछि खुल्ला भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीमा दिप प्रज्वलन गर्दै , मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गर्नुभएको छ ।लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा पर्यटक नआएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले मन्दिर खोल्न एक महिनाअघिदेखि माग गर्दै आएका थिए ।विश्वव्यापी कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाउने गरी खुला गरिएको लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले बताउनुभयो  ।

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले मन्दिर प्रवेश गर्ने भक्तजन र सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने, भिडभाड नगरी एक पटकमा आठ–दश जना मात्र प्रवेश गर्न पाइने बताउनुभयो ।यसअघि मंसिर ३ गते मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि खुल्ला गरिएको थियो । तर लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर नखुल्दा पर्यटक आगमन बढ्न सकेको थिएन । लकडाउनको समयमा लुम्बिनी विकास कोषले लुम्बिनीको पवित्र उद्यान लगायतका क्षेत्रमा सरसफाइ र सौन्दर्यीकरण गरेर थप आकर्षक बनाएको राईले बताउनुभयो ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६