पर्यटन

तत्कालिन कृषिमन्त्रीको योगदान : हाटवजार धमाधम ब्यवस्थापन



कपिलवस्तु २५ मंसिर कपिलवस्तुका विभन्नि ४ वटा हाट बजार आधुनिक शैलीका ब्यवस्थित वजार बन्दैछन् । ओदारीमा प्रदेश स्तरकै उन्नत हाटवजार बन्दै छ ।कोपवामा ब्यवस्थित वजार बनि सकेको छ । यस्तै अन्य २ वजार बन्दैछन् । यी काम अहिले भएका भएपनि यसको योगदान तत्कालिन कृषिमन्त्री चक्रपाणी खनाल बलदेवको हो । कृषिमन्त्री भएका बखत चारवटा आधुनिक हाटवजार एउटा पशुचौपाया हाटवजार सहितका कार्यक्रम कपिलवस्तुमा लागु गरिएका थिए ।

    सोही क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ कोपवामा जिल्लाकै सबैभन्दा ब्यवस्थित हाटबजार सञ्चालनमा आएको छ । कोपवा बजारको सडक छेउमा लाग्दै आएको हाटबजार पुर्व तर्फ ब्यवस्थित टहरा बनएसगैँ हाट बजारका ब्यवसायी र स्थानिय खुशी भएका छन । हाट बजारको उद्धघाटन प्रतिनिधि सासंद तथा पुर्व मन्त्री चक्रपाणी खनाल बलदेव,  लम्बिनी प्रदेशका सासद बिष्णु पन्थी र वडा नः ५ का वडा अध्यक्ष भिष्मराज भुसालले सयुतm रुपमा गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा संघिय सांसद चक्रपाणि खनाल बलदेबले बोल्दौ धेरै बर्ष पुरानो कोपवा बजार रहेको बताउदै यसलाई यसरि व्यवस्थीत देख्दा आफुलाई खुसि लागेको बताउनु भएको छ । सो अवसरमा कपिलवस्तुको हथौसामा क्षेत्रिय बजार बन्न लागेको पनि उहाले जानकारी दिनुभयो । यसैबिच कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य बिष्णु पन्थीले हाटबजार सञ्चालनमा आएको बधाई दिदै बजारमा स्थानिय उत्पादनलाई बजारसम्म ल्याउन र आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

     त्यस्तै बजार को व्यवस्थापन गर्न स्वयम कोपोवा बासिनै लागि परेर आर्थिक स्थीति लाई सहज बनाउनु पर्नेमा जोड दिनुभयो । करिव ७५ लाख लगानीमा बनाइएको हाट बजारलाई थप ब्यवस्थित बनाउन र हाट बजार छेउमा रहेको पोखरीलाई सोन्र्दयकरणी बढाउन बजेट ब्यवस्थापन गर्न आवश्यक रहेको वडा अध्यक्ष भिष्मराज भुसालले बताउनुभएको छ । यसअघि हाटबजार लाग्दै आएको ठाउमा पार्क बनाइने अध्यक्ष भुसालले बताउनुभयो ।

  कार्यक्रम वडा नः ५ को कार्यालय र कोपवा कृर्षी उपज हाट बजार सञ्चालक समितिको आयोजना सम्पन्न भएको थियो । हाट बजार भित्र पार्किक, खानेपानी, शौचालय, सडक बाटोको राम्रो ब्यवस्थापन रहेको छ । कार्यक्रममा कोपवा कृर्षि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष कमल अर्यालको अध्यक्षता, कोपवा टोल विकास समितिका अध्यक्ष जय करण चैधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा नं. ५का वडा सचिव दिपक पाण्डेको सचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६