पर्यटन

माछा बिरुद्ध प्रहरी,३ सय किलो माछा र छ साईकल बरामद



कपिलवस्तु २५ मंसिर । लामो समयदेखि कपिलवस्तुका माछपालक किसानहरुले खुलेयाम भारतवाट आउने अबैध र गुणस्तरहिन माछाको आयात रोक्नु पर्ने माग उठाउदै आएकोमा यतिबेला कपिलवस्तु प्रहरी सोही अभियानमा लागेको छ । नेपालमा किसानले उत्पादन गरेका माछा नविक्ने भारतीय सस्ता माछा छयाप छयाप्ती पाइने विगतको अवस्थालाई बदल्न प्रहरी आक्रमक शैलीमा लागेको छ ।
    फलस्वरुप बीहिवार कपिलवस्तुमा तीन सय किलो अबैध माछा बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले प्रेसपाटीलाई वताउनु भयो । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. ५ जयनगराको बाटो भारत हुँदै नेपाल ल्याइदै गरेको अवस्थामा तीन सय किलो अवैध माछा बरामद गरिएको हो ।अवैध माछा ल्याएका ६ वटा साईकल पनि बरामद गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।

    भारतबाट ल्याइएको माछा माङ्गुर र वैखी जातको रहेको प्रहरीले जनाएको छ । बरामद माछाको मूल्य एक लाख बाउन्न हजार बराबरको रहेको छ ।जाडो हात्तै बढेपछि भारत हुँदै नेपालमा माछा भित्राउने क्रम बढेको छ ।

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६