कपिलवस्तु १५ कात्तिक
नवप्रभात सामुदायिक वन उपभोक्ता समूहको आठौँ अधिवेशनबाट शोवबहादुर खासु अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचना समितिले जनाएको छ। शनिवार सम्पन्न निर्वाचनबाट खासु अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा शान्ति गैरे भण्डारी, सहसचिवमा रेश्मा पन्थी कुँवर र कोषाध्यक्षमा धनमाया गैरे खनाल निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
त्यसैगरी कार्य समिति सदस्यहरूमा गोविन्द गिरी, मीना थापा, बलिराम थारू, शिवकुमारी थारू, शोमनाथ भण्डारी, मीना खड्का, बोमबहादुर झाक्री, गंगा सारु, खिमानन्द पौडेल र कल्पना गैरे निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट जितबहादुर कडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि निर्वाचित भएको छ । लेखा समितिको सदस्यमा मधु बञ्जाडे र अनिता थारू निर्वाचित हुनुभएको छ ।

नव प्रभात सामुदायिक वन उपभोक्ता समूह स्थानीय समुदायको सहभागितामा वन संरक्षण, जैविक विविधताको सुरक्षा, वन पैदावारको सदुपयोग तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण संस्थाका रूपमा स्थापित संस्था हो । निर्वाचित कार्य समितिले वनको दिगो व्यवस्थापनसँगै उपभोक्ताको हकहित, संस्थागत पारदर्शिता र सामुदायिक विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्व चयनसँगै सामुदायिक वनको संरक्षण र व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै उपभोक्ताको सहभागिता, सहकार्य र संस्थागत सुशासनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।









प्रतिक्रिया