प्रदेश

अर्घाखाँचीमा सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न, झण्डै १२ हजार क्रियाशील सदस्यता



काठमाडौं २६ मंसिर। नेपाली कांग्रेस अर्घाखाँचीले पार्टीको १४ औं महाधिवेशनको लागि क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न गरेको छ । जिल्लाभरबाट झण्डै १२ हजार क्रियाशील सदस्यता वितरण र नविकरण गरिएको काँग्रेस जिल्ला सभापति विष्णु खनाल ‘मुस्कान’ ले जानकारी दिए ।

सौहार्दपूर्ण वातावरणमा बिना विवाद सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न भई बुधबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीका जिल्ला सचिव विष्णु भुसालले हस्तान्तरण गरेका छन् । योसंगै १४ औं महाधिवेशनको लागिक्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने अर्घाखाँची जिल्ला पहिलो जिल्ला भएको मुस्कानको भनाई रहेको छ ।

यसैबीच सभापति मुस्कानले सदस्यता वितरण कार्यमा सहयोग पुर्याउने वडासभापति, पालिका सभापति तथा संयोजक, प्रदेश सभापति, पदाधिकारी एवं जिल्ला समितिका पदाधिकारी, कार्यालय सचिव, कम्प्युटर अपरेटर लगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापनसमेत प्रदान गरेका छन् ।

क्रियाशील सदस्यताको विवरण बिहीबारदेखि पार्टीको वेबसाईटमा पनि हेर्न सकिने कांग्रेसले जनाएको छ । कोभिडको कारण देखाएर क्रियाशील सदस्यता विवाद खडा गरी महाधिवेशन नै नगर्न खोज्ने वा सार्ने नियतपिवरुद्ध कडा झापड दिएको भन्दै जिल्ला सभापति मुस्कानको कदमलाई सम्मान गर्दै पार्टी सचिव भुसालसंगै काठमाडौंमा रहेका अर्घाखाँचीका दर्जनौं ब्यक्तिहरु क्रियाशील सदस्यता विवरण बुझाउने कार्यमा सरिक भएको शिक्षक सुशिल खनालले बताएका छन् ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६