पर्यटन

कपिलवस्तुमा २५ प्रतिशतलाई मोतिया बिन्दु



कपिलवस्तु २७ मंसिर ।कपिलवस्तुका ४ वाट पालिका  गरिएको निःशृुल्क आँखा शिबिरमा १२ सय बढीको आखा परिक्षण गर्दा ३ सय २१ जना मोतिया बिन्दुका बिरामी फेला परेका छन । यो संख्यालाई प्रतिशतमा हेर्दा आँखा जचाउने मध्ये २५ प्रतिशत बढीलाई मोतिया बिन्दु भएको स्पष्ट हुन्छ । लिडो नेपालको आयोजना, आखा अस्पताल तौलिहवाको प्राबिधिक सहयोग तथा कतार च्यारेटीको आर्थिक सहयोगमा शिबिर भएको हो ।

    मायादेबी गाउपालिकाको पकडी, बाणगंगा नगरपालिकाको जितपुर, बुद्धभुमी नगरपालिको गोरुसिंगे र यशोधरा गाउपालिकाको बैदौलीमा शिबिर गरिएको हो । चार स्थानमा भएको शिबिरमा १२ सय ३० जना आखाका बिरामीको जाच भएको तौलिहवा आखा अस्पतालका ब्यवस्थापक प्रशासन्त कार्कीले बताए । सो शिबिरमा ३ सय २१ जना मोतिया बिन्दुका बिरामी फेला परेको उनले बताए । आखा जाच गराएका बिरामीलाई औषधी समेत निःशुल्क उपलब्ध गराइएको थियो ।
    फेला परेका मोतिया बिन्दुका बिरामी मध्ये ९० जनाको तौलिहवा आखा अस्पतालमा निःशुल्क अप्रशेन समेत भईसकेको छ । बिरामीका अप्रशेनको शुल्क भने लिडोले आखा अस्पताललाई बुझाउने छ । प्रत्येक बिरामीको अप्रशेन बापत करिब ४  हजार शुल्क लाग्ने गर्दछ । आखाका रोगीहरुलाई लक्षित गरी यस बर्ष पनि जिल्लामा आखा शिबिर गरिएको अध्यक्ष लिडोका अध्यक्ष  ताथ सांसद अतहर कमालले बताए ।

        शिबिरबाट गरिब र बिपन्न परिवाहरु लाभांन्वित भएका छन । रकम अभावका कारण आखाको अप्रशेन गर्न नपाएका मोतिया बिन्दुका बिरामीहरुले अहिले आफुहरुले नया जीवन पाएको बताए । उनीहरुले लिडाले आफुहरु जस्ता बिपन्न परिवारको निःश्ुल्क अप्रेशन गराएर निकै सराहनीय काम गरेको उनीहरुले बताए ।  कतार च्यारेटीकिो सहयोमगा लिडाले कपिलवस्तु र रुपन्देहीका बिभिन्न स्थानमा गरिब र बिपन्नहरुलाई लक्षित गरी बिभिन्न  सामाजिक र आयमुलक काममा सहयोग गर्दै आएको लिडोकी ब्यवस्थापक सुनिता बेल्बासेले बताईन ।

प्रकाशित : २७ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६