प्रदेश

लुम्विनी प्रदेशका ४ जिल्लाको स्तरबृद्धि यसै बर्ष हुन्छ :मन्त्री बराल



कपिलवस्तु २९ मंसिर । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेशका ४ वटा जिल्ला कपिलवस्तु ,बाके ,बर्दिया र पूर्बी रुकुमको यसै बर्षभित्र स्तरबृद्धि हुने वताउनु भएको छ । उच्च प्राथमिकतामा राखेर पूर्ण रुपमा खोप लगाई पूर्णखोप युक्त जिल्लाको सूचीमा स्तरबृद्धि गर्ने उहाले जनाउनु भयो ।  मन्त्री बरालले जीतपुरमा भएको एक कार्यक्रममा बोल्दै त्यसको लागी प्रदेश सरकार ४ वटै जिल्लाका स्थानिय तहलाई आवश्यक सहयोग गर्न प्रतिबद्द रहेको पनि बताउनुभयो ।


     जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा  जिल्ला स्थित सरोकारवाला तथा स्थानिय तहका पदाधिकारीहरुलाई पुर्णखोप सुनिश्चितता सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रममा मन्त्री बरालले यस्तो बताउनु भएको हो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ८ वटा जिल्लाहरु पूर्णखोप घोषणा भएका बताउदै बाकी ४ जिल्ला मध्ये पनि कपिलवस्तु खोप अभियानमा कमजोर देखिएको बताउनुभयो । मन्त्री बरालले स्थानिय तहका जनप्रतिनिधि ,स्वास्थ्य शाखा प्रमुखहरु ,नागरिक समाज , सञ्चारकर्मी लगाएतलाई पूर्ण खोप जिल्ला घोषणाको अभियानमा लाग्न आह्वान समेत गर्नुभयो । 

     प्रदेशअन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयले बर्दिया, बाँके, कपिलवस्तु र पूर्वीरुकुमलाई यसै आर्थिक वर्षमा पूर्णखोप जिल्ला घोषणा गर्ने योजना सार्वजनिक गरेसँगै ‘खोज र खोप अभियान’ मार्फत लुम्बिनी प्रदेशका ४ जिल्लामा पूर्णखोप घोषणाको चहलपहल सुरु भएको छ ।
मन्त्री बरालले भन्नुभयो “भ्याक्सिन पनि छ ,बालबालिका पनि छन ,खोप केन्द्र पनि छन ,स्वास्थ्यकर्मी स्वयमसेवीकाहरु पनि भइरदा किन अझै बालबालिका खोपको पहुचमा पुगेन त भनि प्रश्न गर्नुभयो । ” जिल्लामा नियमित खोपसेवा नियमित नहुनु ,समयमै स्वास्थ्यस्वमसेविका नपुग्नु ,यस बिषयप्रति पालिकाको खासै ध्यान नपुग्न जस्ता गुनासाहरु आउन थालेकाले यसप्रति सचेत र सक्रियतापूर्बक लाग्न पालिकाहरुले आग्रह गर्नुभयो ।
        
    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका कपिलवस्तुका खोप अधिकृत चिन्तामणी ज्ञवालीलले जिल्लालाई आगमी बैशाख महिनासम्म पूर्णखोप जिल्ला घोषणा गरिने बताउदै खोप नलगाएका बच्चाहरु छन् छैनन भनि फाल्गुण मसान्तसम्म गाउगाउमा सर्वेक्षण गनुपर्ने , चैत महिनासम्म खोप लगाउन छुट भएकालाई पुनःखोप लगाउनुपर्ने अभियान सञ्चालन गर्न अपरिहार्य रहेको स्पष्ट पार्नूभयो । सबै बच्चाहरुले खोप पाएको सुनिश्चितता गरि २०७८ बैशाख महिनाको अन्तसम्म जिल्लालाई पुर्णखोप जिल्ला घोषणा गर्न ब्यवस्थित योजनाका साथ पालिकाहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

   पूर्ण खोप अभिमुखिकरण कार्यक्रममा १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले आफ्नो पालिकाको प्रगति विवरण ,खोप अभियानको चुनौती ,समस्या लगाएतका बिषयमा प्रस्तुतिकरण गरेका थिए । भने पालिकाका प्रमुखहरुे अभियानलाई योजना केन्द्रित बनाउदै समयमै पूर्णखोप जिल्ला घोषणा गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।  जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी जिल्लाका १० स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, स्थानिय तह स्वास्थ्य शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष नारायण खनालले पुर्ण खोप अभियानमा सबैको सहयोग अपरिहार्य रहेको र बैशाख महिनाको अन्तसम्म जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्न आफु जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । कपिलवस्तु जिल्लाका बाणगंगा ,बुद्धभूमि र शिबराज नगरपालिका पूर्णखोप पालिका घोषणा भैसकेका छन् । भने कपिलवस्तु जिल्लाका ३ , लुम्बिनी प्रदेशका ८ वटा जिल्लासहित नेपालमा ५८ जिल्ला पूर्णखोप जिल्ला घोषणा भैसकेको छ ।

 

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६