प्रदेश

पत्रकारीताको संहिता विपरित चल्नेमाथि कारवाही :भुसाल



कपिलवस्तु ३ पुस  नेपाल पत्रकार महासंघ कपिलवस्तुले पत्रकारको नाममा आचार संहिता बिपरित काम गर्नेलाई कडा कारबाहि गर्ने भएको छ । पत्रकारको नाम लिएर कहि कतै गलत काम गरेको तथ्य सहित लिखित उजुरी आएमा संबन्धित पत्रकारको साधारण सदस्य नरहने गरि कारवाहि गरिने कठोर निर्णय गरिएको छ । संघको विहिवार तौलिहवा आफ्नै भवनमा बसेको बैठकले उक्त कुराको निर्णय गरेको हो ।
        मर्यादित पेशाको गरिमा बढाउनु पर्ने , सहि सुचना जनतालाई दिनु पर्ने , शान्ति कायम गर्ने सन्देश , सुचना र ज्ञानमुलक समाचार जनसमक्ष पस्किनु पर्ने संघका अध्यक्ष डिलाराम भुषालले बताउनु भयो । पत्रकारीतामा मेहनत र अध्ययन गर्नेका लागि पारिश्रमिक राम्रो भएको जनाउदै अध्यक्ष भुषालले  पत्रकारको नाममा काम नगर्ने पारिश्रमिक छैन भन्दै झोला बोकेर हिड्ने , आचारसंहिता बिपरित काम गर्नेले अरु पेशा व्यवसाय गरेर बस्नु पर्ने स्पष्ट पार्नु भयो । साथै महासंघमा सदस्यताको शुद्धिकरण गरिने समेत उहाँले बताउनु भयो ।  
       वैठकले संघको साधारण सभा यहि आउदो पुष २८ गते गर्ने निर्णय गरेको छ । त्यस्तै गरि महासंघको बाणगंगा ८ मा रहेको नवनिर्मित सुचना केन्द्रको भवन यहि पुष ७ गते विहान ८ वजे संघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यद्धारा  उद्घाटन गरिने भएको छ । उक्त कार्यक्रममा संघका सबै  सदस्यहरुलाई सहभागी हुन बैठकले आग्रह गरेको छ । वैठकको सञ्चालन संघका सचिव हरि अधिकारीले गर्नु भएको थियो ।  

प्रकाशित : ३ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६