बाँके ३ पुस ।आफ्नो पुर्खाैली पेशावाट लोप हुन थालेपछि गन्धर्ब समुदायलाई सरकारले खोजीखोजी घरदिने र संरक्षण गर्ने काम थालेको छ । जस अनुसार बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् । पहिलो चरणमा २४ घरमध्ये १० घर निर्माणको काम सकेर हस्तान्तरण समेत भएको छ ।
नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्र्धव बस्तिलाई नगरपालिकाकै वडा नम्बर ११ मा सारिएको हो । तराई समृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई उपलब्ध गराएको र दोस्रो चरणमा ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो । सरकारले गन्धर्व समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया