अन्तर्राष्ट्रिय

बेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन आग्रह



काठमाण्डौ ८ पुष । ईयूले बेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन आफ्ना सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ ।युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर बोलायतसँगको यात्रामा लगाइएको प्रतिबन्ध हटाउन सिफारिस गरेको बीबीसीले जनाएको छ । ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो । सीमा नियन्त्रणसम्बन्धी आ–आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन् ।यसअघि फ्रान्सले बेलायतसँग जोडिएका सिमाना बन्द गर्दा दुई देशबीच सामान ओसारपसार गर्ने हजारौँ लरीहरू अलपत्र परेका छन् । ईयूका सबै २७ सदस्य राष्ट्रले बेलायतबाट हुने यात्रामा अहिले प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६