कपिलवस्तु ८ पुस ।बोक्सीको आरोप मुद्दामा अदालतबाट सजाए तोकिए पछि फरार रहदै आएकी एक महिला २ बर्ष पछि पक्राउ परेकी छिन । कपिलवस्तु नगरपालिका वडा नंम्बर ६ की ३५ बर्षिया फगुनी थरुनी पक्राउ परेही हुन । बोक्सीको आरोप मुद्दामा अदालतले उनलाई २०७४ कार्तिक ७ गते ६ महिन कैद र ५ हजार जरिवान तोकेको थियो । फैसला भए पनि फरार रहदै आएकी उनलाई प्रहरीको टोलीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
यस्तै ठगी मुद्धामा फरार रहदै आएका एक जना पनि पक्राउ परेका छन । शिवराज नगरपालिका वार्ड नंम्बर.३ जवाभारीका बर्ष २८ को अल्ताफ मुसलमान पक्राउ परेका हुन । २०७५ फगुज ८ गते अदालतले ठगी मुद्धामा उनलाई एक बर्ष कैद र ७ लाख ७१ हजार ५०७ रुपैया जरिवाना तोकेको थियो । पक्राउ परेका दुबैलाई कारागार चलान गरिएको प्रहरी निरिक्षक प्रेम रेग्मीले बताए ।
प्रतिक्रिया