प्रदेश

गुल्मीले पायो पहिलो पटक महिला सिडियो



गुल्मी११ पुस । महिला सिडियोले प्रशासन चलाउन थालेको धेरै वर्ष भएपनि गुल्मीले पहिलो पटक महिला सिडियो पाएकोछ । गुल्मीले ५० बर्षे इतिहासमा पहिलो महिला प्रमुख जिल्ला अधिकारी पाएको हा । ३९ औ प्रमुख जिल्ला अधिकारीको रुपमा रुद्रादेवी शर्मा गुल्मी आएकी छन् ।उनी रामेछापपछि प्रमुख जिल्ला अधिकारी रुपमा गुल्मी आएकी हुन् । उनको घर बाग्लुङ बलेवा हो । शर्मा ०६६ सालमा अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेकी थिइन् । 

    उनले पहिले राष्ट्रिय योजना आयोग, संचार मन्त्रालय, श्रम मन्त्रालय लगायतमा थुप्रै बर्ष काम गरेकी छन् । तर, प्रमुख जिल्ला अधिकारीको दोस्रो जिम्मेवारी गुल्मीमा शर्माको लागि अवसर र चुनौति दुवै हो । उनले बुधबारबाट आफ्नो कार्यभार सम्हालेपछि जिल्लाका दल, उद्योग व्यावसायी, पत्रकार र सरोकारवालासंग छलफल र संवाद गरिरहेकी छन् । 

    पत्रकारहरुसंगको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा बिकासको काममा सहयोग पुराउनेनै आफ्नो पहिलो काम भएको बताइन् । त्यस्तै उनले सवै सरकारी कार्यालयहरुको सेवा प्रबाहलाई चुस्त, सरल नागरिकमैत्री बनाउने अर्को जिम्मेवारी भएको बताइन् । साथै कार्यालयहरुलाई सूचना प्रबाह गर्ने र सूचनाको हकको बिषयमा थप ध्यानाकृष्ट बनाएर पत्रकारलाई सूचनाको सहज वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरिन् । 

    धेरै प्रमुख जिल्ला अधिकारीको जिल्ला आए पनि समितिले मात्रैले नागरिकमा अमिम छाप छोडेर गएकाले अघिल्ला स्मरणभन्दा थप रचनात्मक काम गर्नुपर्ने चुनौति शर्मालाई भएको प्रतिक्रिया दिए । उनले पत्रकारहरु जिल्लाका नागरिकको पक्षमा सकरात्मक काम गर्ने जुनसुकै कार्यालय प्रमुखको पनि पक्ष भएकाले पहिलो महिला प्रमुख जिल्ला अधिकारी भएकाले थप रचनात्मक एवं सृजनात्मक काम गर्न आग्रह गरे ।

    त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जर्नादन घिमिरेले जिल्लामा सम्बन्ध बिच्छेद, आत्महत्या, बलात्कार र घरेलु हिंसाका घटना बढि हुने भएकाले प्रहरी प्रशासन र स्थानीय तहको समन्वयमा नियन्त्रणको जरुरी भएको बताए । उनले बलात्कार र घरेलु हिंसाका घटनाको प्रमुख कारण मदिरा भएकाले उत्पादन, बिक्रि वितरण र सेवन तथा त्यसबाट बढि मात्रामा महिला पत्याडित भएकाले शर्माको थप ध्यान पुग्ने अपेक्षा व्यक्त गरे । 

शर्मा जिल्ला आएपछि महिलाहरु उत्साहित भएका छन् । जिल्लामा विभिन्न हिंसा र समस्यामा परेका महिलाहरुको न्याय र न्याय निरुपणमा शर्माको ध्यान पुग्ने आशा उनीहरुमा छ । महिला अधिकारकर्मी हिरा कुवंरले घरेलु हिंसाबाट पीडित महिला, आमाको नामबाट नागरिकता नपाएर दुख पाएका नागरिक र जिल्लामा हिंसामा परेका महिला बालबालिकाको संरक्षणको बिषयमा महिला प्रमुख जिल्ला अधिकारीबाट रचनात्मक कामको अपेक्षा गरिएको बताइन् ।

    ‘प्रमुख जिल्ला अधिकारीले चाहे धेरै काम हुन्छन्, त्यो विगतमा देखेका छौ,’उनले भनिन,‘कार्यालय प्रयोजन बाहेका थुप्रै काममा सहयोग आवश्यक पर्छ ।

प्रकाशित : ११ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६