प्रदेश

च्याउँ फर्ममा आगलागी,लाखौंको क्षती



कपिलवस्तु ११ पुस।कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको सृष्टी च्याउँ फर्ममा आगलागी भएको छ । शनिवार  दिउँसो २ बजे लागेको आगोले फर्मका तिन वटा टहरा जलेर पूर्ण रुपमा नष्ट भएका छन् । उक्त टहरामा उत्पादन भएको ५ हजार किलो च्याउँ समेत खरानी भएको छ । आगालागी कारण रु ३३ लाख बराबरको क्षती भएको फर्मका संचालक श्यामराज सुवेदिले बताउनुभयो ।

   “हामी काम गरिरहेका थियौ, टहरा नजिकै बालवालिका थिए, एक्कासी आगो दन्कीयो,आधा घण्टामै सखाप भयो, सुवेदीले भन्नुभयो, “छरछिमेकी र पानीको जाहो गर्दा गर्दै सबै च्याउ नष्ट भयो। फुसको टहरा भएकोले स्थानिय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो । बिक्रिको लागि तयार भएको च्याउँ नष्ट भएपछि संचालक चिन्तीत भएका छन् । बालवालिकाहरु खेल्दै गर्दा आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनुभयो ।

प्रकाशित : ११ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६