पर्यटन

सडक संघर्षवाट प्रतिनिधी सभा पुनस्थापना गराउछौं :अपार



कपिलवस्तु १४ पुस । सडक संघर्षवाटै विघटित प्रतिनिधी सभाको पुनस्थापना गराइ छाड्ने नेकपाका केन्द्रिय नेता एवम राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपारले दावि गर्नु भएको छ । ओली सरकारको संविधान विरोधी गतिविधिको विरोध गदैं तत्काल संसद पुनर्स्थापनाको माग राखी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहले कपिलवस्तु सदरमुकाम तौलिहवामा मंगलबार गरेको विरोध प्रदर्शन लाई संवोधन गर्दै उहाले यस्तो वताउनु भएको हो ।

    जिल्लाका विभिन्न स्थानबाट आएका नेकपाका कार्यकर्ताले ओली सरकारले असंबैधानिक तवरले संसद विघटन गरेको भन्दै चर्को नाराबाजी गरेका  थिए  ।  प्रतिगमन विरुद्ध संघर्ष गरौं, तानाशाही प्रवृत्ती बन्द गर, संसद विघटन खारेज गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर ओली सरकार विरुद्ध नेकपाका नेता तथा कार्यकर्ताले सडक आन्दोलन गरेका हुन् ।बुद्धपदम मावि मैदानबाट निस्किएको नाराबाजी सहितको जुलुस तौलिहवाका विभिन्न स्थान परिक्रममा गरी जिल्ला प्रशासन कार्यालय अगाडी आएर कोणसभामा परिणत भएको थियो ।

    सभामा सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य गिरीधारलाल न्यौपाने, प्रदेश सांसद विष्णु पन्थी, पार्टी जिल्ला सचिव रामचन्द्र शाह लगायतले ओली सरकार तानाशाही प्रवृत्तिको दिशामा अगाडि बढेको भन्दै यसको विरुद्धमा आन्दोलन गरिएको बताउनुभएको थियो । ओली सरकारले संविधान विपरित काम गरेर नेपाली जनतामाझ गम्भीर घात गरेको आरोप लगाउनु भयो । 

प्रकाशित : १४ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६