ब्रेकिंग न्युज

सम्पत्ति हडप्न बाग्लुङका युवकले किर्ते कागजात बनाएर पाल्पाबाट नागरिकता लिएको खुलासा



पाल्पा १७ पुष ।  सम्पत्ति हडप्नका लागि बाग्लुङका एक युवकले किर्ते कागजात बनाएर पाल्पाबाट नागरिकता लिएको खुलेको छ ।  रामपुर नगरपालिका वडा नंं १४ का ४८ वर्षका पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङ गलकोट नगरपालिकाका २२ वर्षीय धनबहादुर कँडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएको खुलेको हो । बाग्लुङको गलकोट नगरपालिका ८ पचुवा खर्वाङका वडाअध्यक्ष रामप्रसाद कँडेलले धनबहादुर आफ्नै वडावासी भएको जानकारी दिनुभयो । 

 नयाँ नाम नवराज अधिकारी कायम गरी धनबहादुरले नागरिकता बनाएका हुन् ।  नागरिकता बनाउन सफल भएपछि उनले पिताम्बर अधिकारीलाई अंश मुद्दा पनि हालेका छन् ।नाम र थर फेरेर उनको नागरिकता बनाउन पिताम्बरका भाइ कृष्णप्रसाद अधिकारीले सहयोग गरेका पाइएको छ । कृष्णप्रसादले नै सनाखत गरेको जिल्ला प्रशासन कार्यालय पाल्पामा रेकर्डमा उल्लेख छ । नागरिकता जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालीन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेद्वारा जारी गरिएको छ ।  

पिताम्बर अधिकारीले भने भारतमा बस्दा धनबहादुरको परिवारैसँग परिचय भएको र पाल्पा रामपुर आफ्नो घरमा पनि आउनेजाने गर्दा आफ्नै भाइ कृष्णप्रसादले नागरिकता बनाइदिएर आफ्नो सम्पत्ति हडप्ने प्रयास गरेको दाबी गर्नुभयो ।आफू बिरामी भएको बेला  २०७२ सालमा आफ्नै भाइ कृष्णप्रसादले आफूलाई झुक्याएर नागरिकता बनाइदिएको उहाँको दाबी छ । पिताम्बरका भाइ कृष्णप्रसादले लामो समय भारतमा बसेर आउँदा दाजु पिताम्बरले मानबहादुरलाई छोरो बनाएर लिएको दाबी गर्नुभयो ।  पछि पिताम्बर र मानबहादुरबीच विवाद भएपछि पिताम्बरले बेवास्ता गरेको र आफूले नागरिकता बनाउन भने सहयोग गरेको कृष्णप्रसादको भनाइ छ । 

मानबहादुरका साइला बुवा इन्द्रबहादुर कँडेलकी बुहारी तिला कँडेलले मानबहादुरले पाल्पाबाट नागरिकता बनाएको आफूले जानकारी पाएको बताउनुभयो । यसअघि गाउँमा आउँदा आफूले नागरिकता बनाइसकेकाले बाग्लुङबाट नागरिकता बनाउन नपर्ने प्रतिक्रिया मानबहादुरले दिएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले झुटो विवरण पेस गरेर नागरिकता बनाएको पाइए छानबिन गरेर कारबाही गरिने बताउनुभयो ।  नागरिकता बनाउने र बनाइदिने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने उहाँको भनाइ छ ।  नागरिकता बनाउने र बनाइदिनेलाई कारबाहीको माग गर्दै पिताम्बरका दुई दिदीबहिनी कमला पाण्डे र गंगा पाण्डेले जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिएका छन् ।

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६