प्रदेश

स्वर्गीय प्रमोदराज स्मृती पत्रकारीता पुरस्कार बितरण



कपिलवस्तु १८पुस कपिलवस्तुको तौलिहवामा स्वर्गिय प्रमोदराज शर्मा स्मृती पत्रकारिता पुरस्कार बितरण गरिएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले हरेक बर्ष बितरण गर्ने पुरस्कार जिल्लाका दुई सञ्चारकर्मीलाई दिईएको हो । साहित्यकार हरिराज शर्मा (हराश) का स्वर्गिय छोरा प्रमोदराज शर्माको स्मृतीमा युनियनले राखेको अक्षयकोषबाट जनही ५ हजार ५ सय ५५ रुपैया राशीको पुरस्कार बितरण गरिएको थियो । 

    नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्ट, अक्षयकोषका संरक्षक हरिराज शर्माले सञ्चारकर्मी सोना खटिक र नारद कोहारलाई पुरस्कार रकम र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुरस्कृत सञ्चारकर्मी खटिक रेडियो कपिलवस्तुकी स्टेशन म्यानेजर हुन भने कोहार साझा न्युजका कार्यकारी सम्पादक रहेका छन । कोभिड संक्रमणका बेला सबै भन्दा बढि सञ्चारकर्मी मारमा परे पनि सरकारले सञ्चारकर्मीलाई सहयोगका प्याकेज उपलब्ध गराउन नसकेको युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले बताउनुभयो ।

    युनियनका जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न पुरस्कार बितरण समारोहमा बोल्दै अधिकारकर्मी रवि ठाकुर, काँग्रेस पुर्व जिल्ला सभापति राजेश आचार्य, पुर्व जिबिस सभापति रमेश शर्मा लगायतले युनियनको कार्यको प्रशंसा गरे । 

प्रकाशित : १८ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६