अन्तर्राष्ट्रिय

नयाँ लहर सुरु, बेलायतमा फेरि लकडाउनको घोषणा



काठमाण्डौ २१ पुष । कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनको घोषणा भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह गर्नुभएको छ । आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म लकडाउन हुने अनुमान गरिएको छ । लकडाउन अवधिभर अति आवश्यक नपरि घरबाट बाहिर निस्कन पाइने छैन । देशवासीको नाममा सम्बोधन गर्दै उहाँले कोरोना भाइरसको नयाँ लहर अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि सरकार सक्रिय भएर लागि परेको बताउनुभएको छ ।

दैनिक अभ्यास गर्न, अस्पताल जान, औषधि किन्न, घरेलु हिंसाविरुद्ध उजुरी दिनलगायत अति-आवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उहाँको भनाइ रहेको छ । बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानहरु स्थगित गरेका छन् । बेलायतसहित अरु थुप्रै देशहरुमा अहिले कोरोनाको नयाँ प्रकारको सङ्क्रमण देखा पर्न थालिसकेको छ । लकडाउन घोषणा भए पनि आजदेखि स्कुल, कलेज र विश्वविद्यालय खुलेका छन् ।

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६