अर्थ-वाणिज्य

यूवा लक्षित शीपमुलक तालिम शुरु,३ महिनापछि स्वरोजगार बनाउने लक्ष्य



कपिलवस्तु २२ पुस । कपिलवस्तुको बाणगंगामा यूवा लक्षित शीपमुलक तालिम चलाएर ३ महिनापछि स्वरोजगार बनाउने लक्ष्यका साथ काम शुरु भएको छ । जस अनुसार  नगरपालिका वडा नं.२ मा तीन महिने निशुल्क आधारभुत कम्प्युटर तालिमको शुरुवात गरिएको छ । हामीले तिरेको कर हाम्रौ लागि सुन्दर समुन्नत बाणगंगा नगरपालिकाको बिकासको लागि भन्ने मुल नाराका लक्षित वर्गको कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । 

तालिमको उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिष्णु पौडेलले अहिलेको युग प्रविधिको युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाउनु आवश्क रहेको बताउनुभयो । निशुल्क तालिमको मुख्य उद्देश्य वडाभित्र भएका बिपन्न वर्गका मानिसहरु जिविको पार्जनको स्वरोजगार गराउने,व्यवसायिक बनाउने ,रोजगार सिर्जना गर्ने रहेको उहाको भनाई छ । युवा लक्षित कार्यक्रम अन्तगर्त विगतका बर्षदेखी नै यस्ता खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै बिकास निर्माणमा तिब्र गतिमा अघि बढेको बताउदै भौतिक निर्माणका सबै योजनाको सम्झौता गरिसकेको बताउनुभयो ।

    वडा सचिब नरेन्द्र पोख्रेलले तालिम ३ महिनासम्म सञ्चालन हुने बताउदै वडाले कम्प्युटर तालिमका लागि  १ लाख बजेट बिनियोजन गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रशिक्षार्थी सबित्रा पौडेलले वडाले आफूहरुलाई यस्तो खालको तालिम दिएको प्रति धन्यावद ब्यक्त गर्दै थप एडभान्स कोर्षहरु पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।  तालिममा वडा भित्रका ३० जना बढि प्रशिक्षार्थी रहेका छन । भने तालिममको प्रशिक्षकको रुपमा बिवेक बिशी रहनुभएको छ ।

प्रकाशित : २२ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६