प्रदेश

आज कांग्रेस कपिलवस्तुद्वारा छ स्थानमा विरोध सभा



कपिलवस्तु २५ पुस । प्रमूख प्रतिपक्षि दल नेपाली कांगेसलेआज प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध सभा गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधि सभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न निन्दनिय कार्य भन्दै कांग्रेसले देशभर विरोधको घोषणा गरेको हो । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यता कपिलवस्तुमा पनि नेपाली कांग्रेसले विरोधका कार्यक्रम तय गरेको छ ।

    सोही अनुसार नेपाली कांग्रेसले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रको प्रदेश सभा क्षेत्र स्तरमा विरोधको तयारी गरेको जनाएको छ । कपलिवस्तु क्षेत्र नंम्बर १ को विरोध कार्यक्रम प्रदेश सभा क मा पचेहरा र प्रदेश सभा ख को पकडीमा हुने क्षेत्रीय सचिव प्रेमनारायण पौडेलले जानकारी दिनुभयो । शनिबार बिहान ११ बजे सुरु हुने विरोध तथा प्रर्दशनको तयारी पुरा भएको पनि उहाँले बताउनुभयो । सो विरोध सभामा सहभागी हुन पार्टीका सबै तहका पदाधिकारी तथा भातृ संस्थाहरु र नेपाली कांग्रेस समर्थकहरुलाई सर्कुलर पनि जारी गरेको नेपाली कांग्रेसले बताएको छ  ।

प्रकाशित : २५ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६