कपिलवस्तु २७ पुस ।वाणगंगा नगरपालिका वडा नं २ मा सामुदायिक वन उपभोक्ता समुहलाई वन संरक्षण सम्बन्धि २ दिने तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै नगरका उपमेयर चक्रपाणी अर्यालले वनको महत्व उपभोक्ताले वुझेमा बन बिनास नहुने बताउनु भयो । उहाले वन उपभोक्ता समुहको नेतृत्व गर्नेहरुले राष्ट्रका ऐन नियम र कानुन नमिन्ने भन्दै आन्दोलनका भरमा उनीहरुका भनाई नै लागु गर्नुपर्ने मानसिकता राखेको भन्दै त्यो संभव नहुने वताउनु भयो ।
बनको स्थानीयतहसंगको समन्वय र सहकार्य प्रति कानुनले के भन्छ ? तपाईहरुले के गर्दै हुनुहुन्छ ? सोच्नु पर्दैन ? भन्ने प्रश्न गर्नु भयो । सामुदायिक बन उपभोक्ता समुहले स्थानीयमा आफ्नो वजेट पेश गर्नु पर्ने समन्वयमा वजेट कार्यान्वयन गर्ने र प्राप्त आम्दानीवाट सरकारलाई १० प्रतिशत राजश्व तिर्नु पर्ने ऐन कानुन समुहले नमान्ने भन्दै वेवास्ता गर्दै आएका छन् । सोही तथ्य उपमेयर अर्यालले स्मरण गराउनु भएको हो ।
वन भित्र भएका दुरुपयोग रोक्नका लागि विशेष योजना बनाउनु पर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा बोल्दै नगर प्रवक्ता एवं वडा नं २ का अध्यक्ष विष्णु गौतमले वनको संरक्षण गर्नका लागि उपभोक्ता समुहलाई तालिम प्रदान गरिएको बताउनु भयो । वन फडानी जोगाउन उपभोक्ताहरुको ठुलो भुमिका हुने समेत उहाँले औल्याउनु भयो ।
वनको महत्व र संरक्षणका लागि वडाका ८ वटा सामुदायिक वनका महिला र पुरुष गरि १ सय जनालाई तालिम दिइएको उहाँले जनाउनु भयो । वडा सचिव नरेन्द्र पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा अमित पौडेल ,टिका कुमारी अधिकारी लगायतले बोल्नु भएको थियो । दुई दिन सम्म चल्ने तालिमको सहजिकरण सब डिभिजन कार्यालयका प्रमुख खिल वहादुर तामाङले गर्नु हुने छ ।
प्रतिक्रिया