पर्यटन

भैरहवालाई अन्तिम मौका दिइने मन्त्री ढकालको घोषणा



भैरहवा २९ पुस  नागरिक उड्डययन, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालले बुधबार भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको अवलोकन गर्नु भएको छ  । उहाले अवलोकन पछि यसअघि ५ औ पटक म्याद थप भएपनि काम नसकिएकाले अन्तिम पटक छोटो अवधीकालागि म्याद थप हुने वताउनु भएको छ । अवलोकनको क्रममा उहाले बिमानस्थल निर्माणको क्रममा जग्गा दिएका स्थानीयहरुको समस्या पनि समाधान गर्नेतर्फ सरकार कटिवद्ध रहेको प्रतिवद्धता जनाउनु भयो  ।

उहाले बिमानस्थल सञ्चालनमा आई सक्नुपर्नेमा अहिले सम्म नसकिएको बताउदै अब बिलम्ब हुन नहुने बताउनु भयो । बिमानस्थल निर्माण अन्तिम अन्तिममा आईपुग्दा प्रतिकुल अवस्थाको कारण लम्बिएको बताउनु भयो । प्राविधिक जनशक्ति नआउदा प्रतिकुलता हो कि प्रतिकुलताको बहाना हो भन्ने कुराको निक्र्यौल गर्नुपर्ने अवस्थामा सरकार पुगेको उहाले जानकारी दिनु भयो ।

भैरहवामा निर्माणाधिन गौतम बुद्ध बिमानस्थलको निर्माण अवधि सरकारले दिएको पुस १५ गतेको म्याद सकिएको छ । म्याद भित्र काम नसकिएपछि अहिले पुनः म्याद थपको तयारी भई रहेको आयोजनाले जनाएको छ ।३१ डिसेम्बर २०१४ मा काम शुरु भएको आयोजनाको ९३ दशमलव ८० प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल गरेको छ । 

३ पटक म्याद थप गरी सकेको विमानस्थलले चौथो पटक ३१ मार्च २०२० सम्मका लागि र ३१ डिसेम्बर २०२० सम्मका लागी पाचौं पटक म्याद थप गरिएको थियो । पाचौं पटकको म्याद पनि सकिएर अहिले पुनः म्याद थपको प्रक्रियामा रहेको छ ।

प्रकाशित : २९ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६