प्रदेश

प्रदेशको अपरिहार्यता पुष्टि :मुख्यमन्त्री पोखरेल



बुटवल १ माघ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको योजनाबद्ध विकास, भाषा सस्कृति प्रवद्र्धन ,उत्पादन र रोजगारी अभिबृद्धिको स्पष्ट खाका निर्माण र कार्यान्वन जस्ता कुराले प्रदेश सरकारको अपरिहार्यता पुष्टि भएको वताउनु भएको छ । उहाले संविधानले सबै जाति, समुदायका उत्थान र विकासमा जोड दिएको बताउनु भएको छ ।

    माघीपर्वको अवसरमा दिएको शुभकामना सन्देशमा उहाले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा व्यवस्था गरेर लोकतान्त्रिक प्रणालीको जग बलियो र फराकिलो पारिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारको भूमिकाले यसको अपरिहार्यता क्रमश पुष्टि हुदै गएको उहाले वताउनु भएको छ । 

    उहाले शुभकामना सन्देशमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीपर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको  बताउनुभएको छ । उहाले मकर सङ्क्रान्ति तथा माघीपर्व विविधतायुक्त नेपाली समाजमा ठूलो पर्वको रूपमा मनाउने गरिएको उल्लेख गर्नुभएको छ् । माघीपर्वलाई थारू, मगर, छन्त्याल लगायत अन्य समुदायले निकै महत्वका साथ मनाउँदै आएकाले पर्वको निकै महत्व रहेको उहाले बताउनुभएको छ ।

    उहाले सरकार सञ्चालनका लागि अनेक अप्ठ्यारा भएपछि बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु स्वाभाविक रहेको जनाउँदै लोकतन्त्रमा चुनाव अनिवार्य शर्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटन भई मुलुक चुनावी अभियानमा अघि बढेकोले घोषित चुनावलाई सफल बनाउन मिलेर अघि बढ्न आह्वान समेत गर्नुभयो ।

प्रकाशित : १ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६