काठमाडौं ९ माघ। बाँकेको भेरी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।अस्पतालका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ६स्५ बजे मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पीसीआर परीक्षणमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो ।कोरोना संक्रमण पुष्टि भएकै दिन उनलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । रोगको प्रकृति अनुसार सबै प्रकारको आवश्यक सपोर्टमा उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
९ माघ २०७७, शुक्रबार
प्रतिक्रिया