अर्थ-वाणिज्य

सिद्धार्थको रजत महोत्सव,गैसस देश विकासका मेरुदण्ड : डा.गौतम



कपिलवस्तु १२ माघ । सिद्धार्थ सामाजिक विकास केन्द्रले रजत महोत्सव मनाएको छ । संस्था स्थापनाको २५ औं वर्षको अवसरमा आईतबार आफ्नै भवनमा भब्य कार्यक्रम गरी रजत महोत्सव मनाएको हो ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.इश्वर गौतमले प्रदेशमा गैर सरकारी संस्था धेरै रहेपनि उत्कृष्ट काम गर्ने संस्था भने नगन्यमात्रामा रहेको बताउनुभयो ।

   सिद्धार्थ सामाजिक विकास केन्द्र प्रदेशकै उत्कृष्ट गैरसरकारी संस्था रहेको बताउनुभयो । कार्यक्रममा डा गौतमले विगतको २ बर्षको तुलनामा यस आर्थिक बर्षमा अहिले सम्म २३ प्रतिशत  पुँजीगत तर्फ खर्च  गर्न सफल भएको समेत बताउनुभयो । यस्तै जिल्ला समन्वय समितीका प्रमुख नारायाण खनालले कतिपय गैर सरकारी संस्था आयआर्जन तर्फ मात्र केन्द्रित भएपनि  सिद्धार्थ भने नितान्त सामाजिक कार्यतर्फ लागेको बताउनुभयो । सिद्धार्थले कोभिडको समयमा पनि समुदायमा गएर विभिन्न सचेतनामुलक कार्यक्रम गरेको बताउनुभयो । 

    अब भौतिक विकासले मात्र नहुने भन्दै सामाजिक बिकासमा जोड दिनुपर्ने बताउनुभयो । देशमा राजनीतिक परिवर्तन भएपनि सामाजिक परिवर्तन हुन नसकेको भन्दै यसका लागि अब सबै निकाय मिलेर अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख तारावती चौधरीले सिद्धार्थले  महिला, बालबालिका, सिमान्तकृत वर्गको क्षेत्रमा काम गरेको भन्दै विभिन्न सिपहरु प्रदान गर्दै महिलाहरुलाई आयआर्जन तर्फ उन्मूख गराएको बताउनुभयो ।

    कार्यक्रममा शुभकामना मन्तब्य दिदै वाणगंगाका मेयर मंगल प्रसाद थारु, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले रजत महोत्सव मनाउदै गरेको सिद्धार्थलाई थप सफलताको शुभकामना दिनुभयो । आगामी दिनमा सामाजिक काममा थप शशक्त भइ लाग्न आग्रह गर्नुभयो । यस्तै  कपिलवस्तु सामुदायिक अस्पतालका कोषाध्यक्ष रवि काफ्ले, वरिष्ठ समाजसेवी नित्यानन्द ज्ञवाली, वडा नम्बर ९ का वडा अध्यक्ष धु्रव बेल्वासे, समाजसेवी अब्दुल सत्तार खाँ लगाएतले बोल्दै  शुभकामना दिनुभयो ।

    रजत महोत्सवमा सिद्धार्थले अपाङगता भएका २ विद्यार्थीलाई अपाङगता छात्रवृत्ति प्रदान गरेको छ ।  हथौसाकी अंचला थारु र मोहम्मद सियल मुसलवानलाई जनही ५ हजारका दरले छात्रबृत्ति प्रदान गरिएको हो । यसैगरी विपन्न तथा जेहेन्दार ५ जना विद्यार्थीलाई पनि शैक्षिक सामग्री प्रदान गरेको छ । जसमा पार्वता थारु, सुरक्षा परियार, सुनिता थारु, नन्दनी थारु र पुर्णिमा थारुलाई शैक्षिक सामग्री प्रदान गरेको हो । सिद्धार्थले बाल प्रतिभा पुरस्कार अन्तरगत बुद्धभूमी ९ का सुप्रिम भुसाल र जिया भुसाललाई सम्मान गरेको छ ।

    यसैगरी उत्कृष्ट कार्य गरेको भन्दै विभिन्न ८ महिला समुहलाई पनि  सम्मान गरेको छ ।  वैष्णुदेवी, समाजसेवी, नवदुर्गा,  चौधरी जागृत, उद्धार जागृत, ज्योती, जुनेली र लालिगुरास समुहलाई सम्मान गरेको हो । यसैगरी संस्थापक अध्यक्ष तथा सदस्यहरुलाई पनि सम्मान गरिएको छ ।कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेलले संस्थागत जानकारी गराउनुभएको थियो । उपाध्यक्ष सूर्य कुमारी शाहीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन  सचिव रोमकान्त घिमिरेले गर्नुभएको थियो ।

  यस्तै रजत महोत्सवको अवसरमा सिद्धार्थ सामाजिक विकास केन्द्रमा बेबी बुद्धको भवन शिलन्यास गरिएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष प्रध्यापक डाक्टर इश्वर गोतमले उक्तभवनको शिलन्यास गर्नुभएको थियो । यस्तै रजत महोत्सवकै अवसरमा सिद्धार्थ रजत स्मारिका समेत विमोचन गरिएको छ । कार्यक्रममा  भिक्षु मेत्रय  सुमंगलो भन्तेले मन्त्रोच्चारण गर्नुभएको थियो । प्रिम भुसाल र जिया भुसाललाई सम्मान गरेको छ ।

    यसैगरी उत्कृष्ट कार्य गरेको भन्दै विभिन्न ८ महिला समुहलाई पनि  सम्मान गरेको छ ।  वैष्णुदेवी, समाजसेवी, नवदुर्गा,  चौधरी जागृत, उद्धार जागृत, ज्योती, जुनेली र लालिगुरास समुहलाई सम्मान गरेको हो । यसैगरी संस्थापक अध्यक्ष तथा सदस्यहरुलाई पनि सम्मान गरिएको छ ।कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेलले संस्थागत जानकारी गराउनुभएको थियो ।उपाध्यक्ष सूर्य कुमारी शाहीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन  सचिव रोमकान्त घिमिरेले गर्नुभएको थियो ।

    यस्तै रजत महोत्सवको अवसरमा सिद्धार्थ सामाजिक विकास केन्द्रमा बेबी बुद्धको भवन शिलन्यास गरिएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष प्रध्यापक डाक्टर इश्वर गोतमले उक्तभवनको शिलन्यास गर्नुभएको थियो । यस्तै रजत महोत्सवकै अवसरमा सिद्धार्थ रजत स्मारिका समेत विमोचन गरिएको छ । कार्यक्रममा  भिक्षु मेत्रय  सुमंगलो भन्तेले मन्त्रोच्चारण गर्नुभएको थियो । 

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६