अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशमा कति आयो कोभिडशिल्ड खोप ?



बुटवल १२ माघ । लुम्बिनी प्रदेशको लागि कोभिड १९ विरुद्धको ३९ हजार ४ सय ९५ डोज खोप ल्याइँदै छ। भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो। त्यस मध्येबाट साढे ३९ हजार डोज लुम्बिनी प्रदेशको लागि छुट्याइएको हो। 

    खोप कार्यान्वयनको सम्बन्धमा आइतबार संघिय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत नियकायहरुका बिचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो। छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहित मन्त्रालयका सचिव, विभागका महानिर्देशक प्रदेश सरकारका सामाजिक विकासमन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालयका अधिकारीहरु सहभागी थिए। 

    छलफलका क्रममा काठमाण्डौबाट लुम्बिनी प्रदेशको लागि आवश्यक खोप पठाइसकिएको जानकारी गराइएको थियो। ‘प्रदेशको लागि कोभिड १९ विरुद्धको भ्याक्सीन काठमाण्डौबाट हिड्यो भन्ने जानकारी गराइएको छ। भोलि विहान हामीले प्राप्त गर्छौ।’ सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले भने ‘पर्सि विहानदेखी सबै जिल्लामा पठाउन सुरु हुन्छ।’ 

    भर्चुअल बैठकमा जिल्लाहरुमा खोपको आपूर्ति कसरी गर्ने, कसलाई दिने, खोपका कारण केही भवितब्य भइहाले के गर्ने भन्ने बारेमा समेत छलफल भएको डा पौडेलले जानकारी दिए। माघ १४ गतेबाट खोप कार्यक्रम सुरु गर्ने संघिय सरकारको तयारी छ। सबै सरकारी अस्पतालको खोप क्लीनिकमा कोभिड १९ विरुद्धको भ्याक्सीन लगाइन्छ। तर कहाँ काहाँ खोप केन्द्र तोक्ने भन्नेमा गृहकार्य भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

    लुम्बिनी प्रदेशको लागि बुटवलमा आएको खोप सुरुमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिने छ। नेपालगञ्ज रोडमा रहेको केन्द्रमा आवश्यक चिस्यानको मापन गरेर खोप राखीने केन्द्रका निर्देशक दिनेस कुमार चापागाईले बताए। ‘आवश्यक चिस्यान मापन गरेर यहाँ राखीन्छ। बटोमा लैजादा र जिल्लामा पनि आवश्यक चिस्यानमा राखीन्छ।’ उनले भने ‘स्वास्थ्य निर्देशनालयले बनाएको सुचि अनुसार प्रदेशका १२ वटै जिल्लामा पठाउँछौं।’

    भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप  गत विहिवार काठमाडौँ आएको हो। अनुदानको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने छ।

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६