दाङ १४ माघ । दाङको बबई गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधानका लागि जग्गा नापीको काम आजदेखि सुरु गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधानका लागि गठन गरिएको सहजीकरण समितिको आज बसेको बैठकले भोलीदेखि जग्गा नापी गर्ने निर्णय गरेको हो ।बबई गाउँपालिकाको वडा नम्बर ५ रीमखोलीबाट जग्गा नापीको काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिए ।
पहिलो चरणमा रिमखोलीबाट काम सुरु गरी अन्य बस्तीबाट पनि नापीको कामलाई व्यवस्थित गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।यसअघि बबई गाउँपालिकाले कार्तिक २७ गते राजधानीमा भूमि सम्बन्धी समस्या समाधान आयोगसंग सम्झौता गरी यसको समाधानका लागि काम गरेको छ । घररघरमा गएर जग्गाको लगत लिएको गाउँपालिकाले अब जग्गाको नापी र लिस्सा दिने काम सुरु गर्ने तयारी गरेको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगले पहिलो चरणमा सात प्रदेशका १४ वटा स्थानीय सरकारसंग सम्झौता गरी काम अघि बढाएको छ । लुम्बिनी प्रदेशका दाङको बबई गाउँपालिका र रुपन्देहीको कञ्चन गाउँपालिकासंग सम्झौता गरी काम अघि बढाएको छ ।








प्रतिक्रिया