अर्थ-वाणिज्य

अध्यक्षका प्रत्यासी बेल्वासेद्वारा भाविकामको सूची सार्वजनिक



कपिलवस्तु १६ माघ । कपिलबस्तु उद्योग बाणिज्य सघंको यही माघ २३ र २४ गते सम्पन्न हुन गइरहेका अधिवेशनको मिति  नजिकीए सगै नयाँ नेतृत्वका लागि व्यसायिहरुको दौडधुप बढेको छ । व्यवसायिहरु इतिवेला बजार पसल तथा उद्योग बाणिज्य सघंको कार्यालयमा नया नेतृत्व चयनको विषयमा आपसी छलफलमा व्यस्त छन् ।

    आसन्न अधिवेशनमा कसलाई नेतृत्वमा लैजांदा व्यवसायिहरुको पक्षमा धेरै लाभ मिल्छ भन्ने विषयमा व्यवसायिहरु बिच चर्चा चुलिएको छ । अधिवेशनको लागि कपिलबस्तु उद्योग बाणिज्य सघंले भने सके सम्म सर्वसम्मत नेतृत्व ल्याउने प्रयास जारी रहेको  अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो । यसैविच  नेकपा सर्मथित टोपनारायण बेल्बासेले आफु नेकपाको एक मात्रा साझा उम्मेदवार भएको बताउदै चुनाव भएपनि अत्याधिक मतान्तरले विजयी हुने दाबी गर्नुभयो । सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई अन्तर्वार्ता दिदै उहाले यस्तो दावि गर्नु भएको हो । 

 उहाले आफु उद्योग बाणिज्य सघंको नेतृत्वमा आएसंगै बजारलाई बर्गिकरण गरेर खास ठाउमा खास व्यापार हुने पहल गर्ने, जितपुर तौलिहवा सडक खण्डमा २५ मिटर भित्र बनेका घर पसलले भोग्नु परेको त्रासका विरुद्ध लागि परेर समाधान निकाल्ने उद्योग बाणिज्य सघंलाई सुचना प्रविधी मैत्री बनाउदै कर तिर्न राजस्व कार्यालय जानै नपर्ने स्थिती ल्याउने दाबी गर्नु भयो । 

    औपचारिक रुपमा अहिले सम्म अध्यक्षका निम्ती बेल्बासेले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । यता कांग्रेस समथिर्त व्यवसायिको नेतृत्व गर्दै दोलक राम घिमिरे प्रत्यासी बन्ने बताइएपनि सहमतिमै नेतृत्व छनौट हुन्छ वा चुनाव हुन्छ निश्चित छैन । कपिलबस्तु उद्योग बाणिज्य सघंमा करिब १७ सय उद्योगी व्यवसायिहरु सदस्यता नविकरण गरेर नेतृत्व छान्न प्रतिक्षारत छन् । 

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६