अर्थ-वाणिज्य

नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत



 काठमाडौं १७ माघ । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो ।

यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।

जाडो मौसमका कारण अहिले साँझको सयममा बिजुलीको उच्च माग छ । त्यसलाई धान्न कठीन भएपछि नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो ।हात भारतबाट विभिन्न अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० मेगावाटदेखि ७ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ । अब त्यो परिमाण ८ सय मेगावाटसम्म पुग्नेछ ।

हालसालै नेपालले ढल्केबरमा ४ सय केभीको सबस्टेसन तयार गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम पनि छ । यो सबस्टेसन बनेपछि ढल्केबारबाट एक हजार मेगावाटसम्म बिजुली ल्याउन बाटो खुलेको छ ।

प्रकाशित : १७ माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६