अर्थ-वाणिज्य

जाडो बढेपछि बुद्धभूमी नगरपालिकाद्धारा बिपन्न परिवारलाई सिरक बितरण



कपिलवस्तु १७ माघ।  जाडो बढेपछि बुद्धुभुमी नगरपालिकाले ३ सय बढी बिपन्न परिवारलाई सिरक उपलब्ध गराएको छ ।नगरपालिकाले १० वटै वडाका अपांग, एकल महिला र बिपन्न परिवारको स्ची संकलन गरी सिडक बाडेको हो । नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तथा नगरका प्रवक्ता पवन कुमार चौधरीले नगरपालिकाका सबै वडाहरुका गरी ३ सय बढी परिवारलाई जाडोलाई लक्षित गरी सिरक बाडिएको बताए । 

वडा नम्बर ४ मा भने एकल महिला र बिपन्न ३० परिवार र अपांग १० जना गरी ४० परिवारलाई सिरक बाडिएको बताए । प्रत्येक वडामा ३० देखि ४० वटा सिरक बाडिएको उनले बताए । वडा नम्बर ४ मा मेयर केशव कुमार श्रेष्ठ, उप मेयर मिरा थारु र वडाअध्यक्ष चौधरीले संयुक्तरुपमा बिपन्न परिवारलाई सिरक हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर श्रेष्ठले शीतहरसंगै जाडो बढे पछि नगरपालिकाले बिपन्न परिवारलाइए सिरक उपलब्ध गराएको बताए । 

    ‘ जाडोमा बिपन्न परिवार मर्कामा परे पछि उनीहरुको सहजताकालागि सिरक बाडेका र्हौ ’ उनले भने । गत बर्ष पनि जाडोयाममा बिपन्न परिवारलाइृ नगरपालिकाले सिरक बाडेका थियो । जाडोका आत्तिएको बेला सिरक पाए पछि बिपन्न परिवार खुशी भएका छन । उनीहरुले नगरपालिकाले थप बिपन्न परिवारलाई सिरक बाडनु पर्ने माग गरे । 

प्रकाशित : १७ माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६