अर्थ-वाणिज्य

बाणगंगाको नगरसभाको मिति तय ,ठूला नाकाको ठेक्का सदर



कपिलवस्तु १९  माघ । बाणगंगा  नगरपालिकाको ८ औ नगर सभा  फाल्गुण ७ गते  हुने भएको छ । आईतबार नगरकार्य पालिकाको बसेको आकास्मिक बैठकले ८ औ नगर सभा  फाल्गुण ७ गते  गर्ने निर्णय गरेको हो । यस्तै बैठकले  लगत सहभागिता तर्फ ५०ः५० र ७०ः३० को  २ करोड रुपैया बजेटको  योजनालाई ११ वटै वडा नछुट्नेगरि  बाडफाड गरिएको नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष  विष्णु पौडेलले जानकारी दिनुभयो ।

    यस्तै बैठकले बाणगंगा, कोइली र धिरी खोलाको आय ठेक्का स्विकृत गरेको छ । पहिलो बोलकबुल दाता बाणगंगाको दिपिका निमार्ण सेवालाई,कोइली खोलाको ओम सत्य साई कन्स्ट्क्सनलाई  र धिरी खोलाको एम डि कन्स्ट्क्सनलाई दिने निणर्य गरिएको छ । त्यसैगरी राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्तरगत नगरका विभिन्न २१  वटा विद्यालयलाई सिफारिस गर्ने तथा भुुमिहिन सुकसम्बासी र अव्यवस्थीत बसोबासीको लगत संकलन इकाई प्रमुखमा नगरका शिक्षा अधिकृत खिमबहादुर जिसीलाई तोक्ने निणर्य भएको छ ।

    यस्तै बौद्ध दर्शनको कक्षा ८ को पाठ्इक्रम निमार्णको लागि डम्मर शर्माको संयोजकत्वमा समिती समेत गठन गरिएको छ । जसको सदस्यहरुमा पोमनारायण पौडेल, गोविन्द खनाल,चर्तुभुज पाण्डे, सदस्य सचिवमा नगर शिक्षा अधिकारी बाबुराम भटट्राई रहनुभएको छ । यसैगरि बैठकले सर्पदंश उपचार केन्द्र गोरुसिंगेलाई रु. २ लाख सहयोग उपलब्ध गराउने निणर्य  गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

    यस्तै बैठकले जेष्ठ नागरिक सेवा  मिलन केन्द्र संचलान तथा व्यवस्थापन सम्बन्धी कार्याविधि २०७७,नगरपालिकाको राहत तथा विपद व्यवस्थापन कोष संचालन कार्याविधि २०७७ पनि  स्विकृत गरेको छ । नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर चक्रपाणी अर्यालको उपस्थिती सहित प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डांगीको संचालनमा बैठक सम्पन्न भएको हो । 

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६