ब्रेकिंग न्युज

दाङको घोराहीमा सात जुवाडे पक्राउ



दाङ २३ माघ । दाङको घोराहीमा सात जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा गएराति साढे १० बजेतिर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।उनीहरूको साथबाट दुई लाख २० हजार सात सय रकम पनि बरामद भएको एसपी चन्दले बताए। पक्राउ पर्नेमा घोराही ९ का ३८ वर्षीय प्रज्वल शाह, सोही ठाउँका ५४ वर्षीय होमबहादुर केसी, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १६ का ३३ वर्षीय धिरण शाह, घोराही १३ का २० वर्षीय सुनिल पुन मगर, घोराही ७ का २२ वर्षीय पंकज पन्त र रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ का २२ वर्षीय विजय गाहा मगर रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।पक्राउ परेकाविरूद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाएर कारबाही गरिने प्रवक्ता रिजालले बताए। तेघरा गाउँमा लामो समयदेखि जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी गएराति छापा हानेर उनीहरूलाई पक्राउ गरेको रिजालले बताए।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६