लुम्बिनी

कञ्चनमा लघु उधम बिकास कार्यक्रमबारे एक दिने अभिमुखिकरण कार्यक्रम



कञ्चन २६ माघ ।सिप सिकौं आत्म निर्भर बनौ गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम आ.व.२०७७\०७८को एक दिने अभिमुखिकरण कार्यक्रम कञ्चन ४ मा सम्पन्न भएको छ। गरिबीको रेखामुनि रहेका गरिव तथा बिपन्न घर परिवारलाई उधमशिलता तर्फ उन्मुख बनाई आत्म निर्भर बनाउने उद्धेश्यका साथ नेपाल सरकार,उधोग वाणिज्य तथा आपुर्ति मन्त्रालयगरिवीको रेखामुनी रहेका गरिब तथा बिपन्न घरपरिवारको पहिचान र बस्ती छनौटका लागि वडा नं. ४ का टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुका लागि सो अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।

लघुउधम बिकास कार्यक्रमका फोकल पर्सन मञ्जु भण्डारीले कञ्चनमा रहेका गरिब तथा बिपन्न परिवारहरुलाई उधमशिल बनाई आत्म निर्भर बनाउने र उनिहरुको आर्थिक उपार्जनमा सहयोग पुराउन नेपाल सरकार,उधोग,वाणिज्य तथा आपुर्ति मन्त्रालयको नीति अनुरुप कञ्चन गाउपालिकाको वडा नं. ३ र ४ मा लघु उधम बिकास कार्यक्रम लागु भएको बताउनु भएको छ। कञ्चनका वडा नं. ३ र ४ का ८० जना गरिब तथा बिपन्न परिवारको छनौट गरी उनिहरुलाई उनिहरुको रुचि र सिप अनुसारको तालिम प्रदान गरेर स्वरोजगार बनाई आत्म निर्भर बनाउन नेपाल सरकारको शसर्त अनुदानमा कञ्चन गाउपालिकाले लघु उधम बिकास कार्यक्रम संचालन गर्न लागेको फोकल पर्सन भण्डारीले जानकारी दिनु भएको हो ।

कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले लघु उधम बिकास कार्यक्रमले बिपन्न परिवारहरुको आर्थिक उपार्जनमा टेवा दिने बताउनु भएको छ।हरेक टोलबाट सिप सिकेर स्वदेशमै केही गर्छु भन्ने इच्छा भएका गरिबीको रेखामुनी रहेका व्यक्तीहरुलाई निशुल्क रुपमा तालिम प्रदान गर्न कञ्चन गाउपालिकाले नेपाल सरकारसंगको शसर्त अनुदानमा कार्यक्रम संचालन गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनु भएको छ।

वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा वडा नं. ४ का जनप्रतिनीधि,वडा सचिव,कर्मचारी,वडा नं. ४ का टोल बिकास संस्थाका अध्ययक्ष तथा प्रतिनीधीहरुको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रम लघु उधम बिकास कार्यक्रमका सहजकर्ता शोभा थापा मगरको संचालन तथा अर्का सहजकर्ता कल्पना कार्कीद्वारा लघु उधम बिकास कार्यक्रमबारे कार्ययोजना प्रस्तुत गरिएको थियो।

प्रकाशित : २६ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६