अर्थ-वाणिज्य

उवासंघ चुनावको मतदान आज आठ बजेवाट,५ दर्जन उम्मेदवारका मतदाता कति ?



कपिलवस्तु २७ माघ । कपिलबस्तु उद्योग बाणिज्य संघको ७ औ अधिवेशनवाट नेतृत्व छान्न आज आठवजेवाट मतदान हुने भएको छ । अधिवेशनमा मतदान हुने पक्का भएपछि उद्योगी व्यवसायीहरु भने आफ्नो पक्षमा मत तान्न घरदैलो भेटघाटमा गयराती अबेर सम्म खटेका छन् ।  १६ सय २५ मतदाताले नविकरण गरेको उद्योग वाणिज्यसंको चुनावमा ५ दर्जन उम्मेदवारहरु प्यानलमा प्रतिस्पर्धा गर्दैछन् ।  

    लामो समयको सहमतीको प्रयास सफल हुन नसकेपछि आज विहान ८ बजेवाट मतदान शुरु हुने गरी यस अघि नै तोकिएको थियो । अधिवेशन अन्तर्गत मतदान मंगलबार विहान ८ बजे हुने निर्वांचन मण्डलका सदस्य गुणानिधी भुषालले जानकारी दिनुभयो ।सघंको अधिवेशनका लागि नेकपा तर्फबाट  अध्यक्षमा टोपनारायण बेल्बासे, वरिष्ठ उपाध्यक्षमा छबी रेश्मी मगर , उद्योग तर्फ उपाध्यक्षमा कृष्ण सापकोटा , वाणिंज्य तर्फको उपाध्यक्ष  कृष्ण प्रसाद गैरे , एसोसिएट तर्फ उपाध्यक्ष बिरेन्द्र खाँण , वस्तुगत उपाध्यक्ष तर्फ बाबुराम पाण्डे , महासचिवमा कुशल पौडेल र सचिवमा खिमानन्द पौडेल – कपिल) को नाम प्रकाशन भएको छ । त्यस्तै कोषाध्यक्षमा मनोहर योगी , सहकोषाध्यक्षमा यम बहादुर के.शी. महिला सदस्य तर्फ शान्ति क्षेत्री , गिता पौडेल, त्यस्तै लेखा समिति संयोजकमा मोहन न्यौपाने सदस्यमा कृति मल्लको नाम सर्वजनिक भएको छ ।

    उता नेपाली कांग्रेस तर्फबाट अध्यक्षमा डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्षमा  लक्ष्मण अधिकारी ,उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे ,बाणिज्य उपाध्यक्षमा , खुमानन्द घिमिरे महासचिवमा  मनोज पौडेल ,कोषाध्यक्षमा बिनोद पन्त ,सचिवमा शंकर प्रसाद न्यौपाने ,सह कोषाध्यक्षमा  सेराज अहमद ,महिला उपाध्यक्षमा , इन्द्रीरा तिमिल्सीना ,महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेल , विमला श्रेष्ठ ,एसोसेट उपाध्यक्षमा टोपनारायण भण्डारी सदस्यमा लक्ष्मण भुसाल र मनोज , यस्तै वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल ,लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तलाई चुनावी मैदानमा उतारिएको कांग्रेस पक्षले जनाएको छ ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६