दाङ २८ माघ । परम्परागत बाजा नयाँ पुस्तासम्म पुर्याउन दाङको देउखुरीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नु भएको हो ।वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समूह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो ।दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभयो । पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बाजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ ।
२८ माघ २०७७, बुधबार
प्रतिक्रिया