ब्रेकिंग न्युज

गुल्मी र पाल्पामा दुई जना किशोरी एउटै नाम भएका दुई पुरुषबाट बलात्कारको शिकार भएको खुलासा



गुल्मी २८ माघ । गुल्मी र पाल्पामा दुई जना किशोरी एउटै नाम भएका दुई पुरुषबाट बलात्कारको शिकार भएको खुलासा भएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली घर भएका २३ वर्षीय दीपक नेपालीले १६ वर्षीया किशोरीलाई माघ १८ गते जवरजस्ती करणी गरेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतमप्रसाद पाण्डेले जानकारी दिए ।उनका अनुसार बलात्कार आरोपी दीपक नेपालीले उक्त दिन दोहोलीबाट आफ्नो मामा घर वामीटक्सारमा ललाईफकाई ति किशोरीलाई लेगरे बलात्कार गरेका थिए ।

उनीबिरुद्ध माघ २० बते जवरजस्ती करणीको जाहेरी परेपछि उनलाई पक्राउ गरि हिरासदमा राखिएको र अदालमा म्याद थरेर अनुसन्सान अगाडी बढाइएको डिएसपी पाण्डेले जानकारी दिए ।त्यस्तै पाल्पाको रिब्दिकोट गाउँपालिका बस्ने २९ वर्षीय दीपक नेपालीले माघ २३ गते राति घरमा सुतिरहेकी १७ वर्षीया किशोरीलाई अचानक आई जवरजस्ती करणी गरेको पाल्पा प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । बलात्कार आरोपी नेपालीलाई पक्राउ गरि अदलातमा मुद्दा दायर गरिएको जनाइएको छ ।गुल्मी जिल्ला अदालतका अधिबक्ता गोपाल खनालका अनुसार १८ वर्षमुनीका बालिकासँग राजीखुशी मै शाररिक सम्बन्ध राखे पनि जवरजस्ती करणीको मुद्दा लाग्ने गर्दछ ।

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६