दाङ २९ माघ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर दाङको देउखुरीमा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मङ्गलवार दिउँसो गढवा गाउँपालिका २ चिमचिमेको तिरतिरे जङ्गलमा सिकार खेल्न गएका दुई जनामध्ये एक जनाको बन्दुकको गोली लागेर ३९ वर्षीय इन्द्रबहादुर रानाको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिनुभयो ।दाजु इन्द्रबहादुर र भाइ २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए । सिकार खेल्ने क्रममा भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइ इन्द्रबहादुरको ज्यान गएको हो । जङ्गलमा दाजु–भाइ सिकार खेल्ने क्रममा भालु आएको जस्तो देखेपछि भाइले फायर खोल्दा दाइको ज्यान गएको खुल्न आएको भट्टले भन्नुभयो ।घटनामा संलग्नलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।
२९ माघ २०७७, बिहिबार
प्रतिक्रिया