लुम्बिनी

कृषि ज्ञान केन्द्र घोराहीमा माटो परीक्षणको काम पुनः सञ्चालनमा



 दाङ २९ माघ । दाङमा विगत तीन वर्षदेखि बन्द रहेको माटो परीक्षणको काम पुनःसञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र घोराहीमा माटो परीक्षणको काम सञ्चालनमा आएको हो । माटो परीक्षण कार्य सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत भएको छ ।किसानको खेतीयोग्य जमिनको नमूना माटो परीक्षण गरी त्यसमा भएका चारवटा तत्वको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको गुणत्मक नतिजा दिनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो । दाङका किसानलाई बाँकेको खजुरामा माटो परीक्षण गर्न जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

माटोको नमूना प्रयोगशाला सञ्चालनमा आएपछि सबै किसानले आफ्नो खेतबारीको प्रतिनिधित्व हुने गरी कुन बाली लगाउने हो त्यसको जरा कति सतहमा जान्छ त्यस्तो ठाउँको माटो ल्याउनुपर्छ भन्ने जानकारी हुन्छ । माटो परीक्षण गर्न ल्याउनुभन्दा पहिले कुन मल र कति राखेको छ त्यसको पनि जानकारी किसानले दिनुपर्छ ।किसानको खेतबारीबाट आधा किलोजति माटो राम्रोसँग (छायाँमा) सुकाएर सुक्खा माटो कृषकले ज्ञान केन्द्रमा ल्याएपछि त्यसको जाँच हुने प्रमुख धितालले जानकारी दिनुभयो । घोराहीमा भएको परीक्षण केन्द्रमा दाङका किसानले निःशुल्करूपमा माटो परीक्षण गर्ने सुविधा छ ।

अहिले कार्यालयसँग एक हजार ५०० सम्म परीक्षण गर्ने क्षमता रहेको छ । माटो परीक्षणको नतिजा एक दिनमै किसानलाई दिन सकिन्छ र एक दिनमा ३० देखि ५० वटासम्म परीक्षण गर्न सकिने उहाँले जानकारी दिनुभयो ।जिल्ला कृषि विकास कार्यालय हुँदा माटो परीक्षणको दरबन्दी र बजेट  थियो । देश सङ्घीयतामा गएपछि कार्यालय समायोजन भएर ज्ञान केन्द्र भएपछि दरबन्दी र बजेट अभावले माटो परीक्षण कार्यलाई निरन्तरता दिन सकिएको थिएन । अहिले प्रदेश सरकारको वार्षिक बजेटलाई परिचालन गरेर काम थालेको उहाँले बताउनुभयो । 

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६