अर्थ-वाणिज्य

आर्थिक राजधानी बनाउने क्षेत्रमा पर्यटकीय लगानी थपियो



रुपन्देही १ फागुन ।आर्थिक राजधानी घोषणा गरिएको रुपन्हीमा पर्यटकीय क्षेत्रमा एकैसाथ ठूलो रकम थपिएको छ । अर्थमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलको निर्वाचन क्षेत्रमा २३ करोडको परियोजना स्वीकृत भएका छन ।स्विकृत गरिएको सबै परियोजना पर्यटन पुर्वाधार तथा पर्यटन उपजको बिकासका रहेका छन् पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी ( सन्चालन तथा व्यवस्थापन ) निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रुपन्देही क्षेत्र नं। २ अन्तर्गत निम्न आयोजना छनौट भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले बताउनु भयो ।

    पाण्डेका अनुसार छनौट गरिएका आयोजनाहरुमा जितगढी किल्लामा युद्ध संग्रहालय निर्माण,शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रमा पार्क निर्माण र सैनामैनामा रहेको पर्रोहा पर्मेश्वर बोलबमधाममा बोलबम क्षेत्र विकास परियोजना रहेका छन । पाण्डेका अनुसार बटौली ( जितगढी ) युद्ध संग्रालय निर्माण, बुटवल उपमहानगरपालिका रु ९ करोड ९४ लाख,  (४ करोड ९७ लाख संघिय सरकार र  ४ करोड ९७ लाख लागत )साझेदारीमा २ बर्षमा सकिनेछ । त्यसैगरी तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रमा पार्क निर्माण, तिलोत्तमा नगरपालिका  ७ करोड, ( ४ करोड ५५ लाख संघिय सरकार र २ करोड ४५ लाख लागत)  साझेदारीमा ३ बर्षमा सकिने छ ।

    यसका साथै बोलबम क्षेत्र विकास परियोजना, सैनामैना नगरपालिकामा ६ करोड ९९ लाख, ( ४ करोड ५५ लाख संघिय सरकार र २ करोड ४४ लाख लागत) साझेदारीमा २ बर्षमा सकिने पाण्डेले बताउनुभयो।आन्तरिक पर्यटकका अत्यन्त आकर्षक बनेका यि पर्यटकीय क्षेत्रमा गरिएको लागानीले रुपन्देहीको पर्यटन बिकासमा प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

प्रकाशित : १ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६