ब्रेकिंग न्युज

विजयनगरकोआन्तरिक आय परिचालनमा ९६ प्रतिशत प्रगति



कपिलवस्तु, ४ मंसिर

विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल आम्दानीको ८२.१८ प्रतिशत बजेट खर्च गरेको छ। गाउँपालिकाको वार्षिक प्रगति विवरणअनुसार ५७ करोड ६६ लाख ५ हजार रुपैयाँ आम्दानी भएकोमा ४७ करोड ३९ लाख ४ हजार रुपैयाँ खर्च भएको हो।
वित्तीय विवरणमा आन्तरिक आय परिचालनतर्फ सबैभन्दा राम्रो प्रगति देखिएको छ। आन्तरिक आयको ९५.६३ प्रतिशत खर्च भएको छ भने राजस्व बाँडफाँटतर्फ ८८.३९ प्रतिशत बजेट कार्यान्वयन भएको छ।

तर, संघीय सरकारको अनुदान खर्च ७८.७९ प्रतिशत र प्रदेश सरकारको अनुदान खर्च ७२.२२ प्रतिशतमा सीमित छ। यसले आन्तरिक स्रोत परिचालनको तुलनामा अन्तर सरकारी अनुदानबाट सञ्चालित कार्यक्रम तथा योजना कार्यान्वयनमा थप प्रभावकारिता आवश्यक रहेको देखाउँछ।
गाउँपालिका अध्यक्ष गोपाल थापाले आन्तरिक आय तर्फको प्रगतिलाई स्थानीय स्रोत परिचालन र राजस्व व्यवस्थापनको सकारात्मक उपलब्धिका रूपमा लिएका छन्। प्रमुख प्रशासकीय अधिकृत हिमबहादुर विश्वकर्माका अनुसार बजेट खर्चको प्रतिशतसँगै त्यसबाट प्राप्त उपलब्धि र नागरिकले अनुभूत गर्ने सेवा सुधार पनि महत्त्वपूर्ण हुन्छ।


समग्र वित्तीय अवस्थाले गाउँपालिकाको राजस्व परिचालनमा सकारात्मक संकेत गरे पनि अनुदान खर्च र विकास आयोजना कार्यान्वयनमा सुधारको आवश्यकता देखाएको छ। अबको चुनौती बजेट खर्चको प्रतिशत बढाउनु मात्र नभई खर्चलाई गुणस्तरीय विकास र नागरिकको प्रत्यक्ष लाभसँग जोड्नु हो। सडक, शिक्षा, स्वास्थ्य, कृषि र खानेपानी क्षेत्रमा बजेटले कस्तो परिवर्तन ल्यायो भन्ने आधारमै स्थानीय सरकारको वित्तीय सफलताको वास्तविक मूल्याङ्कन हुनुपर्ने सरोकारवालाहरुको भनाई रहेको छ ।

प्रकाशित : ५ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६