जीवनशैली

रुपन्देहीमा औद्योगिक क्षेत्र निर्माणले तीब्रता पाउने



बुटवल २ फागुन । सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिएको छ ।ती प्रस्तावित छ औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ । यता रुपन्देहीको मोतीपुरमा निर्माण गर्न लागिएको लुम्बिनी प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको काम सुस्त गतिमा अगाडि बढेको छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआर तयार भए पनि ईआईए स्वीकृत हुन सकेको छैन ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका र तिनाउ नदी किनारमा स्थापना गरिने मोतीपुर औद्योगिक क्षेत्रको लागत १२ अर्ब रुपियाँ रहेको छ । ८१३ बिघा क्षेत्रफलमा यो औद्योगिक क्षेत्र बन्नेछ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले कोभिडका कारण निर्माण प्रक्रियामा ढिलाइ भएको भन्दै अब ईआईए स्वीकृत हुनासाथ काम अगाडि बढ्ने जानकारी दिनुभयो । “ईआईए स्वीकृत हुने अवस्थामा छ, स्वीकृत भएपछि कामले गति लिन्छ,” बस्नेतले भन्नुभयो ।

    उहाँले बस्तीको व्यवस्थापन, प्रशासनिक संरचना निर्माण, नदी तटीय क्षेत्रको जग्गा व्यवस्थापन, बाटो, पानी, बिजुलीलगायत पूर्वाधार निर्माणको काम अब एकैसाथ अगाडि बढ्ने बताउनुभयो । औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि ५२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । मोतीपुर औद्योगिक क्षेत्र विदेशी लगानीमा निर्माण गरिने भएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि चार सयभन्दा बढी उद्योगीले आशयपत्र पेस गरेका छन् ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६