लुम्बिनी

लुम्बिनी प्रदेश स्थापना दिवसको मूल समारोह स्थायी राजधानी दाङमा हुने



काठमाडौं ३ फागुन । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको मूल समारोह आज स्थायी राजधानी दाङमा आयोजना गर्दै छ ।मूल समारोह फागुन प्रदेश राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने छ ।कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभूषित गरिने छ । गत असोज ३ गते लुम्बिनी प्रदेश सरकारले ११ प्रकारका पदक मार्फत ५८ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक र मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको समीक्षागत पुस्तिका पनि सार्वजनिक गरिने प्रमुख सचिव भरतमणी सुवेदीले जानकारी दिए ।गत २० असोजमा प्रदेश सभाले स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा कायम गर्ने र प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने निर्णय गरेको थियो । राप्ती गाउँपालिकास्थित प्राविधिक शिक्षालय परिसरलाई प्रशासनिक केन्द्र बनाउने र त्यहाँ रहेको प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिका-३ गोबरडिहास्थित स्थित सरस्वती उच्च माविमा स्थानान्तरण गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६